काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि राजनीतिक क्षेत्र तरंगित भएको छ । सर्वोच्चले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने आदेश दिने आँकलन गरिए पनि देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने अनुमान कसैले पनि गरेका थिएनन् । सर्वोच्चले परमाादेश दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका अगाडि तत्काल पदबाट राजीनामा दिन दबाब परेको छ ।
उनलाई प्रधानमन्त्री मात्र होइन, एमालेको अध्यक्षबाटै राजीनामा दिनुपर्ने आवाजहरु पनि पार्टीभित्रैबाट उठेका छन् । एमालेका नेता डा.बिजय पौडेलले ओलीलाई एमालेको अध्यक्षबाट राजीनामा दिन सुझाव दिएका छन् ।
पौडेलले लेखेका छन्–‘आदरणीय अध्यक्ष केपी शर्मा ओलीज्यू, आफ्ना प्रतिगामी कदमबारे खुलाखुलस्त आत्मालोचना गर्दै अध्यक्ष पदबाट राजीनामा दिएर पार्टी एकतालाई सुदृढ बनाउनुहोस् । यतिका धेरै अपराध गरिसकेपछि अध्यक्षको पदमा बस्न मिल्दैन । आफ्नो वरिपरि भएका ती गलत तत्वहरुको कुरा नसुन्नुहोस् । तपाईका वास्तविक हितैषी हामी इमान्दार कार्यकर्ता हौं, हामी तपाईंको इज्जत प्रतिष्ठा पुनस्र्थापित भएको हेर्न चाहन्छौं ।’

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend