Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सर्वाेच्चकाे आदेशविरुद्ध सडकमा उत्रन महेश बस्नेतको निर्देशन


    सोमबार, असार २८ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । नेकपा एमालेका नेता महेश बस्नेतले देश राजनैतिक द्वन्द्वमा प्रबेश गरेको बताउदै सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्न सम्भव नभएकाे जीकिर गरेका छन् । 

    अदालतको फैसलाविरुद्ध माइतीघर अघि भेला भएर बिरोध प्रदशन गर्न नेता कार्यकर्तालाई आह्वान गर्दै उनले यस्ताे बताएका हुन् ।

    उनले सामाजिक सञ्जालमार्फत भनेका छन्- ‘तुरुन्त अहिले नै माइतीघर मण्डलामा जम्मा भएर सर्वोच्च अदालतको असंवैधानिक फैसलाका विरुद्ध विरोध जनाऔँ ।’
     
    उनले आजको दिन नेपालको इतिहासमा सर्वोच्च अदालत चुकेको दिन भएको पनि बताएका छन् । ‘निर्दलीय शासन व्यवस्था पुन विजारोपण भएको दिन’, उनले भनेका छन्, ‘व्यवस्थापिका र कार्यपालिकाको अधिकार न्यायपालिकाको नाउमा सेटिङ्ग वाला केही न्याय मुर्तिका नामधारीहरुले हातमा लिएको क्षण । अब देश राजनैतिक द्वन्द्वमा प्रबेश गरेको छ । यो परमादेश कार्यान्वयन गर्ने असम्भव छ ।’
    युवा संघले पनि यसको विरुद्ध आजै माइतीघर मण्डलामा बिरोध प्रदशन गर्न लागेको बस्नेतले बताएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार