Nepal Face
  • आइतबार, १० साउन २०८३
  • केपी ओली र माधव नेपालको भेटवार्ता अदालतको फैसलापछि मात्रै   


    सोमबार, असार २८ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेको विवाद समाधान कार्यदलले आइतबार १० बुँदे सहमति गरे पनि त्यसका केही बुँदामा बरिष्ठ नेता माधव नेपालले असहमति राखेका छन् । सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा पुनस्र्थापना सम्बन्धी मुद्दालाई प्रभावित पार्ने बुँदा राखिएकोमा नेता नेपालले असहमति प्रकट गरेका हुन् । कार्यदलले गरेको सहमतिपछि प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकारहरुको क्षुद्र अभिब्यक्तिप्रति पनि नेता नेपालले आपत्ति प्रकट गरेका छन् ।

    कार्यदलले आइतबार १३ घन्टा बसेर सहमति गरी घनश्याम भूसालले नेता नेपाललाई अपराह्न ब्रिफिङ गरेका थिए । कार्यदलमा सहमतिपछि अध्यक्ष ओली र नेता नेपालसमेत सहभागी स्थायी कमिटीको बैठकबाट अनुमोदन गर्ने कार्यक्रम थियो । तर राति १०.३० मात्र कार्यदलमा सहमति भएकाले स्थायी कमिटी बैठक बस्न सकेन ।

    आज बेलुकाका लागि स्थायी कमिटी बैठक बोलाइएको छ ।  स्थायी कमिटी बैठकमा पनि बरिष्ठ नेता माधव नेपाल जाने संभावना कम छ । सर्वोच्च अदालतको फैसलापछि मात्रै ओली र नेपाल भेट हुने र एमाले एकता प्रक्रिया टुंगिने देखिएको छ । सर्वोच्चको फैसलाअघि ओली र नेपाल भेटवार्ता नहुने भएको छ । अदातलमा विचाराधीन मुद्धाको फैसला नभएसम्म कुनै सहमति हुन नसक्ने भन्दै आएका वरिष्ठ नेता नेपालले अहिलेकै अवस्थामा नभेट्ने बताएपछि ओली–नेपाल भेट नहुने भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार