Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • अदालतको निर्णय प्रभावित हुनेगरी हस्ताक्षर फिर्ता हुँदैन, निराश नबनाैँ- रामकुमारी झाँक्री


    सोमबार, असार २८ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैँ । नेकपा एमालेको माधवकुमार नेपाल समूहकी नेतृ रामकुमारी झाक्रीले संसद विघटन बदर र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्दै बुझाइएको हस्ताक्षर फिर्ता नलिइने बताएकी छन् ।

    उनले अदालतको निर्णय प्रभावित हुने गरि हस्ताक्षर फिर्ता लिने कुरै नआउने बताएकी हुन् । 

    सामाजिक सञ्जालमार्फत उनले भनेकी छन्, ‘अदालतमा निवेदकको रूपमा रहेका हामी सांसदहरूले अदालतको निर्णय प्रभावित हुने गरि हस्ताक्षर फिर्ता लिइने छैन । लिने कुरै आउँदैन ।’

    झाक्रीले एमाले विवाद समाधानका लागि गठित कार्यदलले सार्वजनिक गरेको सहमतिको प्रस्तावको भ्रममा नपर्न आग्रह गरेकी छन् ।

    उनले यो प्रस्तावलाई स्वागत गर्न हतार गर्न नहुने र निराश पनि बन्न नहुने बताएकी छन् । 

    ‘भ्रममा नपरौँ, स्वागत गर्न हतार नगरौँ । निराश पनि नबनौँ । राजनीति हो यसले बाटो लिन्छ । उज्यालो पहिल्याउन सकिन्छ’, झाक्रीको भनाइ छ ।

    उनले १० बुँदे सम्झौताबारे आफ्नो समूहको केन्द्रीय कमिटि बैठक बसेर संस्थागत धारणा आउने पनि जानकारी दिएकी छिन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार