काठमाडाैं । लामो समयदेखि आन्तरिक विवादमा रुमलिएको सत्तारूढ नेकपा एमालेका दुई समूहबीच सहमति भएको केहि समय नबित्दै नेताहरूले फरक मत व्यक्त गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरी सामाजिक संजालमा अभिव्यक्ति दिएका छन् भने उक्त अभिव्यक्ति प्रति एमालेका वरिष्ठ नेता माधव नेपालले आपत्ति जनाएका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका नेता माधवकुमार नेपालले एमालेको एकता विषयमा कार्यदल स्तरमा भएको सहमतिको थापाले गलत व्याख्या गरेकाे भन्दै आपत्ति जनाएका हुन् ।
”हिजो राति नेकपा (एमाले) को आन्तरिक एकता सम्बन्धमा कार्यदल स्तरमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्ट्याटस सहमति गर्दा भएको छलफलको मर्म विपरीत छ । यो व्याख्या गलत र अस्वीकार्य छ,” नेता नेपालले लेखेका छन् ।
”अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानि गर्ने गरी गरिएको वा गरिने व्याख्या मान्य नहुने कुरा स्पष्ट पार्दै सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा निवेदक रहेका नेकपा (एमाले)का २३ जना सांसदहरू सबै एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षर मा दृढ रहेको कुरा स्पष्ट पार्दछु ।”
एमाले नेता तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुकमार्फत आइतवार राति १० बुँदै सहमति पत्र सार्वजनिक गरेका थिए ।
मैले देउवा महाेदयलाई लेखेंकाे थिएँ, जवाफचाहिँ अन्यत्रबाट आएछ, किन हाेला?
तथ्यमा उभिएर र सम्पूर्ण चिज हेरेर स्पष्ट धारणा बनाउनु राम्रो हाेला!बरू एकाबिहानै आएकाे टिप्पणी अदालतकाे निर्णय प्रभावित गर्न र देउवालाई आश्वस्त पार्न लेखेकाे देखें मैले त!कसाे हाेला?
फाटेकाे जालाेले छेकेकाे! pic.twitter.com/x3bJoIQ99U— Surya Thapa (@ThapajiSurya) July 12, 2021
लगत्तै उनले अर्को पोस्टमा कांग्रेस सभापति शेरबहादुर देउवाको साथमा विघटित प्रतिनिधिसभामा १२३ जना सांसदहरू मात्रै रहेको उल्लेख गर्दै लेखेका छन्: ”…सर्वोच्चद्वारा न परमादेश न पुन:स्थापना ! मच्चियो मच्चियो जेठो नराम्ररी थच्चियो ! जय नेपाल !।”
त्यस्तै थापाले सोमवार बिहान गरेको ट्विटमा देउवालाई लेखेको विषयको जवाफ अन्यत्रैबाट आएको उल्लेख गरेका छन् । सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले नेता नेपालको भनाइ प्रति ट्विट लक्षित रहेको देखिएको टिप्पणी गरिरहेका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend