Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले कार्यदलमा सहमति, स्थायी कमिटीको बैठक बस्ने तयारी


    सोमबार, असार २८ २०७८
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेको विवाद समाधान कार्यदलमा सहमति जुटेको छ । 

    आइतबार साँझ सकिएको कार्यदलको बैठकमा विवादित विषयमा सहमति भएको एमालेका सचिव एवं कार्यदलका सदस्य गोकर्णराज विष्टले जानकारी दिए । 

    सहमतिपश्चात् स्थायी कमिटीबाट अनुमोदान गराउने तयारी गरेर दिउँसो ४ बजेका लागि राखिएको स्थायी कमिटीको बैठक आजसम्मका लागि सारिएको थियो भने पार्टीको केन्द्रीय कमिटीको बैठक भोली बिहान ११ बजेका लागि डाकिएको एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । सचिव तामाङका अनुसार स्थायी कमिटीको बैठक केही समयपछि बस्ने कार्यक्रम रहेको छ। 

    एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच गत जेठ २ गतेको सहमतिका आधारमा गठित १० सदस्यीय कार्यदलले कार्य गरिरहेका बेला गत जेठ ८ गते दोस्रो पटक प्रतिनिधिसभाको विघटन भएपछि एमालेमा विवाद बल्झिएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार