Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अदालतलाई प्रभाव पार्नेगरी सहमति गर्दिनँ भन्दा अध्यक्ष मागेको भन्दै माधव नेपालको बदनाम


    आइतबार, असार २७ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेकपा(एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा पुनस्र्थापनाको सम्बन्धी मुद्दालाई प्रभावित पार्नेगरी सहमति गर्न नसकिने अडान राखेपछि प्रधानमन्त्री केपी शर्मा ओली पक्षबाट अध्यक्ष मागेको भन्दै सामाजिक संजालमा बदनाम गर्ने अभियान नै छेडिएको छ ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीकै निकट  पृथ्वी सुब्बा गुरुङ लगायतका केही नेताहरुले नै एमाले तलदेखि माथिसम्म नै संरचनागत रुपमा दुई पार्टीजस्तो बनिसकेका कारणले वास्तविक अर्थमा एकता गर्नका लागि लागि दुई अध्यक्ष बनाएर अथवा दुई हस्ताक्षर चल्ने बनाउनुपर्ने कुरा उठाउँदैआएका छन् ।

    सुब्बाले त माधव नेपाललाई भेटेरै यस्तो  भनेका छन् । उनीहरुले यस्तो भने पनि माधव नेपालले आजका मितिसम्म हुन्छ, हुन्छु भनेर एक शब्द पनि बोल्नुभएको छैन । घरमै आराम गरेर बसिरहेको अवस्थामा पनि अध्यक्ष मागे भन्दै भ्रम फैलाएकोमा नेपालको सचिवालयले खण्डन गरेको छ ।  अध्यक्ष मागेको समाचार पूर्णतया भ्रमपूर्ण भएको नेता नेपालको सचिवालयले खण्डन गरेको छ ।

    अध्यक्ष ओलीले पार्टी एकताका लागि भइरहेका सम्पूर्ण प्रयासहरुलाई असफल बनाउन अध्यक्ष मागेको भनेर भ्रम फैलाएको भन्दै नेता नेपाललको सचिवालयले खण्डन गरेको हो ।

    नेता नेपालको सचिवालय स्रोतका अनुसार ‘पार्टी एकताका लागि कार्यदलले प्रयास गरिरहेको छ । कार्यदलको पछिल्लो प्रगति पनि सकारात्मक दिशातर्फ उन्मुख रहेको बेला एकता प्रयास असफल बनाउन भ्रम फैलाइएको हो, ‘वरिष्ठ नेता नेपालले त्यस्तो कुनै पनि प्रस्ताव गर्नुभएको छैन ।’

     बुधबार अध्यक्ष ओली र नेता नेपालबीच लामो समयपछि होटल मेरियटमा भेटवार्ता भएको थियो । उक्त भेटपछि केही संचार माध्यमले नेता नेपालले अध्यक्षको हैसियत मागेको भन्दै समाचार लेखेपछि सचिवालयले खण्डन गरेको हो । माधव नेपाल स्वास्थ्य समस्याका कारण घरमै आराम गरिरहनुभएको र पावर सेयरिङको बिषय नै नउठाएको अवस्थामा ओली समूहले एकोहोरो अध्यक्ष मागेको भन्दै सामाजिक संजालमा ब्यापक बनाउँदैआएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार