Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रतिनिधिसभा विघटनको मुद्दामा पुगेर अड्कियाे एमाले एकताकाे वार्ता


    आइतबार, असार २७ २०७८
    995
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ नेकपा एमालेमा विवाद समाधानका लागि गठित कार्यदलको वार्ता सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दामा अड्किएको छ ।

    कार्यदलका नेताहरु आइतबार विहानदेखि छलफलमा छन् तर अझै पनि सहमति हुन सकेकाे छैन । कार्यदलका एक सदस्यका अनुसार छलफल सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको विषयमा अडिएको छ ।

    स्रोतका अनुसार ओली पक्षले अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दामा पार्टीको भावना कायम हुने गरी निर्णय लिइने उल्लेख गर्नुपर्ने प्रस्ताव गरेको छ ।

    तर वरिष्ठ नेता नेपालले अदालतलाई प्रभावित पार्ने वा हस्ताक्षर फिर्ता गर्ने कुनै शब्द सहमतिमा राख्न आफू तयार नभएको बताएका छन् ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार