Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विपक्षी गठबन्धनका विद्यार्थी संगठनद्वारा शंख फुकेर मूल्‍यवृद्धिको विरोध


    आइतबार, असार २७ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । विपक्षी गठबन्धनमा आवद्ध दलका विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको विरोधमा आइतबार शंख फुकेर विरोध प्रदर्शन गरेका छन् ।

    विद्यार्थी नेता कार्यकर्ताहरुले आइतबार माइतीघरमा भेला भई शंख फुकेर विरोध जनाएका हुन् ।

    नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, माधवकुमार नेपाल निकटको अनेरास्ववियू, जसपाको उपेन्द्र यादव निकटको समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय जनमोर्चाको अखिल छैठौंले संयुक्त रुपमा विरोध कार्यक्रम गरेका हुन् ।

    असार २८ गते नेपाल आयल निगमका गाडीहरु चल्‍न नदिने, असार २९ गते पेट्रोलियम ढुवानी र बिक्री गर्ने संगठनहरुलाई पेट्रोलपम्प र ट्‍यांकर सञ्‍चालन गर्न नदिने तथा असार ३० गते देशभरका सम्पूर्ण पेट्रोल पम्प र ट्‍यांकर बन्‍द गर्ने गरी संगठनहरुले मूल्यवृद्धिविरुद्ध चरणवद्ध आन्दोलन घोषणा गरेका छन् ।

    पाँच विद्यार्थी संगठनले विघटित संसदको पुन:स्थापना, एसइइ र १२ कक्षाको परीक्षामा देखिएको समस्या, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्‍या लगायतको माग गर्दै प्रदर्शन आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार