Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बादल समूहले माओवादी केन्द्र अवैधानिक भएकाे भन्दै आयोगमा दिएकाे निवेदन खारेज


    आइतबार, असार २७ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं ।  नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा लागेका नेताहरुले नेकपा (माओवादी केन्द्र) अवैधानिक भएकाे भन्दै निर्वाचन आयोगमा दिएकाे निवेदन खारेज भएकाे छ । 

    २०७१ सालदेखि महाधिवेशन नगरेको र पार्टी एकतापछि आयोगमा दर्ता पनि नभएकाले पार्टी अवैधानिक भएको भन्दै रामबहादुर थापा ‘बादल’ समूहले गत असार २३ गते दिएकाे उजुरी आयोगले खारेज खारेज गरिदिएको हाे ।

    आयोगले प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) को वैधानिकता कायम रहने निर्णय गरेको छ ।

    त्यसैगरी, अर्का निवेदक भविसोर पराजुलीले असार २५ गते माओवादी केन्द्रको लेटरप्याड प्रयोग गरेर निर्वाचन आयोगमा दिएको अर्को निवदेन पनि आयोगले खारेज गरिदिएको छ । साथै, त्यसरी अन्य दलको लेटरप्याडको दुरुपयोग नगर्न आयोगले भविसोर पराजुलीलाई सचेत गराउने निर्णयसमेत गरेको छ ।

    प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरु सगुनसमशेर जबरा, जानकी कुमारी तुलाधर, रामप्रसाद भण्डारी र ईश्वरी प्रसाद पौड्यालको संयुक्त बैठकले आइतबार प्रचण्ड नेतृत्वको माओवादी केन्द्र वैधानिक रहेको निर्णय  गरेको हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार