Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वामदेव गौतमकाे माग : राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री बन्ने व्यवस्था राखौं


    आइतबार, असार २७ २०७८
    895
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष एवम् राष्ट्रिय सभाका सांसद वामदेव गौतमले राष्ट्रिय सभाको सदस्य प्रधानमन्त्री बन्ने व्यवस्था आवश्यक रहेको बताएका छन् ।

    आइतबारको राष्ट्रियसभा बैठकमा बाेल्दै गौतमले नेपालको संविधानले प्रतिनिधि सभाको सदस्यमात्र प्रधानमन्त्री बन्न पाउने व्यवस्था गरेकाले त्यसलाई संशोधन गर्नुपर्ने बताएका हुन् ।

    ‘मैले पोहोर साल एउटा विषय उठाएको थिएँ। मलाई प्रधानमन्त्री अध्यक्ष कमरेडले कुनै ठाउँबाट निर्वाचन लड्न भन्नुभयो । मैले मानिनँ । ‘त्यसो भए राष्ट्रिय सभामा उठ्नुस्’ भन्नुभयो । मैले उठ्दिनँ भनें,’ ,‘किन उठ्नुहुन्न’ भन्नुभयो? मैले भनें-राष्ट्रिय सभा र प्रतिनिधि सभाको बीचको विभेद अन्त्य गरिदिनुहोस् ।’

    प्रधानमन्त्रीले कसरी हुन्छ विभेद अन्त्य भनेर सोध्दा आफूले ‘राष्ट्रिय सभाको सदस्य पनि प्रधानमन्त्री हुन पाउने व्यवस्था राख्नुहोस्’ भनेको उनले बताए।

    ‘किनभने संसारमा हाम्रो देशमा मात्र बेलायतको नक्कल गरेको हुनाले राष्ट्रिय सभाकाहरूले शासन गर्नु पर्दैन भनेर ठाडो नक्कल भयो। त्यो हटाइदिनुहोस्। संविधान संशोधन गर्नुहोस् भन्दा मेरो यति धेरै चरित्र हत्या भयो,’ उनले भने ।

    उनले प्रधानमन्त्री चयनको अधिकार राष्ट्रिय सभामा हुनेबित्तिकै बजेटसमेत राष्ट्रिय सभामा पेश हुन सक्ने तर्क गरे ।

    ‘त्यो कोठा भित्र प्रस्तुत भएको बजेट वक्तव्य फेरि आएर अर्थमन्त्रीले यहाँ प्रस्तुत गर्नुहोस् र यहाँबाट पारित गर्ने व्यवस्था गरौं’, गौतमले भने।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार