Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सिंहदरबारमा एमाले कार्यदलको बैठक, सुखद् समाचार आउने बिष्टको दाबी


    आइतबार, असार २७ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले एकता कार्यदलको बैठकमा सहभागी हुन वरिष्ठ नेता माधवकुमार नेपालपक्षका सदस्यहरु सिंहदरबारस्थित बैठकस्थलमा आइपुगेका छन् । 

    उनीहरु निर्धारित समयभन्दा एक घण्टा ढिला गरी बैठकस्थलमा आइपुगेका हुन् ।

    पार्टीको आन्तरिक विवाद समाधानबारे अन्तिम सहमति गर्न आज बिहान ८ बजेका लागि तय गरिएको बैठक नेपालपक्षका कार्यदल सदस्यहरु आइनपुगेका कारण समयमा सुरु हुन सकेको थिएन । 

    प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीपक्षका सदस्यहरु भने यसअघि नै तोकिएको समयमा बैठकस्थल आइपुगेका थिए । 

    पछिल्लो समय एमाले कार्यदलको बैठक निरन्तर बस्दै आएको छ। शनिवार पनि कार्यदलको बैठक बसेको थियो। बैठकस्थलमा प्रवेश गर्दै नेपालपक्षका कार्यदल सदस्य गोकर्ण विष्टले सुखद् समाचार आउने प्रतिक्रया दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार