Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले कार्यदलको बैठक : ओली पक्ष सिंहदबार पुगिसक्दा माधव पक्ष कोटेश्वरमै !


    आइतबार, असार २७ २०७८
    955
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले कार्यदलको बैठक समयमा सुरु हुन सकेको छैन । 

    बैठक आज विहान ८ बजे बस्ने भनिए पनि ९ बजे सम्म सुरु हुन सकेको छैन । अध्यक्ष केपी शर्मा ओली पक्ष सिंहदरबारस्थित अर्थमन्त्रालयमा पुगिसकेको छ भने वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष अहिलेसम्म सिंहदरबार गएको छैन । उनीहरु नेता नेपालसँग उनको कोटेश्वरमा विहान ८ बजेदेखि छलफलमा छन् ।

    ओली पक्ष नेपाल पक्षका कार्यदलका सदस्यको पखाईमा छ ।

    कोटेश्वरमा नेपाल पक्षको स्थायी कमिटी बैठकमा कार्यदल सदस्यहरूले सहमतिको विषयमा जानकारी गराएका छन्। कार्यदल सदस्यले औपचारिकता दिन मात्र बाँकी रहेको बताएका छन्। तर, सहमतिको विषयमा कार्यदल सदस्यहरूले सार्वजनिक रूपमा केही बताएका छैनन्।

    पछिल्लो समय एमाले कार्यदलको बैठक निरन्तर बस्दै आएको छ। शनिवार पनि कार्यदलको बैठक बसेको थियो। कार्यदल बैठकपछि नेपाल पक्षका कार्यदल सदस्य गोकर्ण विष्टले सहमतिलाई औपचारिकता दिन मात्र बाँकी रहेको बताएका थिए । त्यसपछि उनीहरू अहिले छलफलमा जुटेका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार