Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिंहदरवारमा एकता कार्यदलको बैठक, प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शितलनिवास


    शनिबार, असार २६ २०७८
    895
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सिंहदरबारमा एमाले एकता कार्यदलको बैठक बसिरहँदा प्रधानमन्त्री केपी शर्मा ओली भने राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् ।

     जब जब पार्टीमा अप्ठेरो पर्छ, प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुग्ने गरेका छन् । आज पनि मेलम्चीको बाढीग्रस्त क्षेत्र निरीक्षणबाट फर्किएलगत्तै ओली शितलनिवास पुगेका छन् ।

    राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शनिबार साँझ पौने ६ बजे शितल निवास पुगेका हुन् ।

    एमालेको एकता कार्यदलमा माधव नेपाल पक्षले पावर सेयरिङको कुरा उठाइरहेको छ । पावर सेयरिङका लागि ओली पटक्कै तयार छैनन् । २ जेठ, २०७५ मा फर्किने, केन्द्रीय सदस्य मनोनीत गर्दा माधव नेपाल पक्षलाई पनि भागबण्डा दिने सहमति भएको तर हलो पावर सेयरिङमै अड्किएको छ ।

    पार्टीमा एकता कायम गर्ने र सर्वोच्च अदालतमा बिपक्षी गठबन्धनको दाबीलाई कमजोर बनाउनका लागि ओली माधव नेपाल पक्षसँग वार्तामा लचक भएका छन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार