Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रचण्ड आउनुभयो, स्वास्थ्य अवस्थाबारे बुझ्नुभयो, अन्य कुरा भएको छैनः माधव नेपालको निजी सचिवालय


    शनिबार, असार २६ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  •  काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज एमालेका बरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवास कोटेश्वर गएका थिए । नेता नेपालको निजी सचिवालयका अनुसार प्रचण्ड स्वास्थ्य अवस्थाको जानकारी लिन गएका थिए । नेता नेपाल केही दिनदेखि शरीरमा आएको जनै खटिराका कारण घरमै आराम गरिरहेको स्वकीय सचिव मोहन गौतमले एक विज्ञप्ति निकालेर प्रष्ट पारेका छन् । नेता नेपालसँग प्रचण्डले स्वास्थ्य अवस्था बुझ्नेबाहेक अन्य कुरा नगरेको गौतमले उल्लेख गरेका छन् । 

    गौतमले निकालेको विज्ञप्तिमा उल्लेख छ–‘पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल विगत केही दिनयता स्वास्थ्यमा समस्या (जनै खटिरा) आई चिकित्सकको सल्लाह अनुसार घरमै आराम गरिरहनुभएको छ । आज नेकपा माओवादी केन्द्रका अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोटेश्वर निवासमा पुगी उहाँको स्वास्थ्य अवस्थाको वारेमा जानकारी लिनुका साथै स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उहाँको स्वास्थ्य समस्याका कारण आज संक्षिप्त भेट भएको र अन्य विषयमा कुरा नभएको स्पष्ट पार्दछु ।’

    प्रचण्डले नेता नेपाललाई भेटेर एमालेसँग भइरहेको एकता भाँडेको, ओलीलने धोका दिन्छन् नमिल्नुस् भनेको भनेर अफवाह फैलिएपछि गौतमले विज्ञप्ति निकालेर प्रष्ट पारेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार