काठमाडौं । सर्वोच्च अदालतमा दायर रिटमा गरेको हस्ताक्षरको बिषयले एमालेमा हुन लागेको सहमति अल्भिएको छ । नेकपा एमाले कार्यदलका सदस्यहरुसंहदरबारस्थित अर्थ मन्त्रालयमा भेला भए पनि छलफल नै नगरी तितरबितर भएका छन् । सर्वोच्च अदालतमा बुझाएको हस्ताक्षरको बिषयलाई कसरी सम्बोधन गर्ने भन्ने बिषयमा सहमति हुन नसकेकाले कार्यदलका सदस्यहरु वार्तास्थलबाट हिंडेका छन् । अदालतमा बुझाएको हस्ताक्षर फिर्ता नलिने अडान माधव नेपाल पक्षको छ ।
अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच सहमति भइसकेपछि हस्ताक्षर स्वतः निस्क्रिय हुने भएकाले यो बिषयलाई त्यति धेरै उछालिरहनु नपर्ने धारणा ओली पक्षकै कार्यदलका सदस्यहरुको छ । तर प्रधानमन्त्री ओली भने हस्ताक्षर फिर्ता हुनुपर्ने भन्दैआएका छन् ।
शनिबार दिउँसो २ बजे अर्थ मन्त्रालयमा कार्यदलको बैठक बोलाइएको थियो । तर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि सर्वोच्च अदालतमा बुझाइएको हस्ताक्षरको बिषयमा सहमति हुन नसकेपछि माधव नेपाल पक्षका कार्यदलका सदस्यहरु हिंडेका छन् भने ओली पक्षका अर्थ मन्त्रालयमै छन् ।
माधव नेपाल पक्षका कार्यदलका सदस्यहरुले विषयवस्तुमा प्रवेश गर्न नसकेकाले अनौपचारिक छलफल मात्रै भएको र घन्टापछि पुनः आउने बताएका छन् ।
प्रधानमन्त्री ओली भने सिन्धुपाल्चोकको मेलम्चीमा बाढीप्रभावित क्षेत्रको निरीक्षणमा गएका छन् ।
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend