Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेको एकता निष्कर्षमा पुग्नै लाग्दा किन भयो नेपाल–प्रचण्ड भेटवार्ता ?


    शनिबार, असार २६ २०७८
    1000
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । शुक्रबार बसेको नेकपा (एमाले)को कार्यदलको बैठकले पार्टी एकता निष्कर्षमा पुगिसकेको र शनिबार सहमतिको दस्तावेज नै सार्वजनिक गर्ने निर्णय गरेको समाचार सार्वजनिक भयो । शनिबार एमालेको एकता निष्कर्षमा पुर्याउनका लागि कार्यदल बैठकमा बस्ने पूर्वनिर्धारित समयतालिका अगावै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले माधव नेपाललाई भेटेका छन् ।

    बरिष्ठ नेता नेपाल र दाहालबीच भएको भेटवार्ताले एमालेको एक्ता प्रक्रिया निष्कर्षमा पुगिनसकेको आँकलन गरिएको छ । अध्यक्ष दाहाल नेपालसँग भेट्न उनकै निवासमा पुगेका छन् ।  

    पार्टीमा सहमति भइसकेको चर्चाका बीचमा नेपाल र प्रचण्डबीच भएको छलफललाई अर्थपूर्ण मानिएको छ । एमाले एकताका लागि नेपाल र ओलीपक्षका नेताहरुको कार्यदलले सहमतिको प्रारुप शुक्रबारै तयार भइसकेको र आइतबार त्यसलाई अन्तिम रुप दिने बताइएको थियो । स्वयं कार्यदलका सदस्य प्रदीप ज्ञवाली र रघु पन्तले सहमति भइसकेको प्रतिक्रिया दिएपछि एमालेमा एकता हुने कुरा निश्चित ठानिएको थियो । यद्यपि माधव नेपाल पक्षले राखेको पावर शेयरिङकै बिषयमा कुरा मिल्न सकेको छैन । सहमति हुने भनेकै दिन प्रधानमन्त्री केपी शर्मा ओली मेलम्चीमा बाढीपीडितहरुलाई राहतको प्याकेज घोषणा गर्न गएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार