Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाढीग्रस्त क्षेत्रको निरीक्षण गर्न प्रधानमन्त्री आज मेलम्ची जाँदै


    शनिबार, असार २६ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । बाढीबाट क्षतिग्रस्त क्षेत्रको निरीक्षण गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज  सिन्धुपाल्चोक  जाने कार्यक्रम रहेको छ ।
     प्रधानमन्त्री ओली आज बिहान १० बजे नेपाली सेनाको हेलिकप्टरमार्फत  बाढीबाट क्षति पु¥याएको मेलम्ची खानेपानी आयोजना लगायत सिन्धुपाल्चोकका विभिन्न ठाउँको निरीक्षण गर्न सिन्धुपाल्चोक जाने कार्यक्रम तय भएको प्रधानमन्त्रीका विकास व्यवस्थापनविज्ञ गजेन्द्र थपलियाले जानकारी दिएका छन् । 

     प्रधानमन्त्रीबाट बाढी प्रभावित क्षेत्रका लागि विभिन्न राहत वितरण तथा राहत घोषणाको गर्ने कार्यक्रम रहेको विज्ञ थपलियाले जानकारी दिएका छन् । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले प्रधानमन्त्रीबाट शनिबार सिन्धुपाल्चोकको विभिन्न स्थानमा हुने निरीक्षणको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएका छन् । मेलम्ची बजार र हेलम्बुको गणेश बगर भन्ने स्थानमा आयोजना गरिने कार्यक्रममा प्रधानमन्त्रीको सहभागिता रहने प्रजिअ पोखरेलले बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार