Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आयोगमा दल खारेजीको निवेदन परेपछि माओवादी केन्द्र आक्रोशित


    शुक्रबार, असार २५ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगमा दल दर्ता खारेजीका लागि परेको निवेदन सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ ।

    केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले शुक्रबार विज्ञप्ति जारी गर्दै दल दर्ता खारेजीको मागप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

    केही अवसरवादी, लालची र अनैतिक तत्वहरुको उक्साहटमा पार्टीलाई बदनाम गराउन यस्तो हर्कत गरिएको विज्ञप्तिमा उल्लेख छ ।

    माओवादी केन्द्र छाडेर एमाले बनेका नेताहरुले पार्टी अवैध रहेको जिकिर गर्दै दर्ता खारेजीका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेका छन् ।

    ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टीसँग कुनै पनि सरोकार नराख्ने व्यक्ति निवेदक रहेको र दल दर्ता र दल खारेजी सम्बन्धी सामान्य कानूनी प्रक्रियासमेत जानकारी नभएको व्यक्तिले यस्तो हरकत गर्नु हास्यास्पद देखिन्छ ।’

    CPN-Maoist-Statement.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार