Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • देउवालाई चुनौती दिँदै अर्जुननरसिंह केसीले साझा उम्मेदवार बनाउने


    शुक्रबार, असार २५ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन आउँदो भदौ १६ देखि १९ गतेसम्म हुने कार्यतायलिक सार्वजनिक भएसँगै नेताहरु आ–आफ्नो प्यानल बनाउने तयारी गरेका छन् । 

    सोही क्रममा अर्जुननरसिंह केसीले संस्थापन शेरबहादुर देउवा समूहलाई चुनौती दिने गरी साझा उम्मेदवार बनाउने प्रयासमा गरेका छन् । 

    संस्थापनइत्तर समूहबाट नेतृत्वमा दावी गरेका नेताहरुबीच सहमति गराएर साझा उम्मेदवार बनाउने गरी उनले प्रयास थालेका हुन् । उनले साझा उम्मेदवार बनाउन नेतृत्वका दावेदारलाई शुक्रबार छलफलमा बोलाएका छन् ।

    सभापति देउवा पुनः नेतृत्वमा दोहोरिन चाहेका छन् भने देउवालाई १४औँ महाधिवेशनमार्फत नेतृत्वबाट विस्थापित गर्नुपर्नेमा संस्थापनइतर समूहको धारणा देखिन्छ । 

    सोही कारण शुक्रबार केसीले सभापतिका दाबेदारी रामचन्द्र पौडेल, डा.शशांक कोइराला, प्रकाशमान सिंह, डा.शेखर कोइरालासहितका नेतालाई छलफलका लागि बोलाएका छन् । 

    १३ औं महाधिवेशनमा देउवाको प्यानलबाट महामन्त्रीमा प्रतिस्पर्धा गरेका केसी १४औँ महाधिवेशनमा उनीविरुद्ध मोर्चाबन्दीमा लागेका हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार