काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली एकातिर बरिष्ठ नेता माधवकुमार नेपालसँग एकता वार्ता गरिरहेका छन् भने अर्कोतिर पार्टीमा मनोमानी ढंगले जिल्ला अध्यक्ष र सचिव मनोनीत गरिरहेका छन् । बिहीबारमात्रै ओलीले सर्लाही, बारा र रौतहट जिल्लामा ओलीले आफ्नो गुटका अध्यक्ष र सचिव मनोनीत गरेका छन् ।
ओलीले सर्लाहीमा राजनारायण साह, बारामा बलबीर चौधरी र रौतहटमा तुलसीराज गिरीलाई अध्यक्ष मनोनीत गरेका छन् । पार्टीलाई २०७५ जेठ २ मा फर्काउने वार्ता गरिरहँदा ओलीले भने धमाधम जिल्ला अध्यक्ष र सचिव मनोनीत गरी एकताप्रति उनी इमान्दार छैनन् भन्ने पुष्टि गरेका छन् ।
एकता वार्ता चलिरहेको समयमा ओली पक्षले सर्लाहीको सचिवमा केदार खत्री, रौतहटमा मनोजकुमार यादव र बारामा महमद समिरलाई चयन गरेका छन् ।
यसले ओली एकता वार्ताप्रति इमानदार छैनन् भन्ने देखाएको छ । अघिल्लो पटक कार्यदलको बैठक बसिरहँदा भ्याकेटमा जाने र अहिले तीन जिल्लामा अध्यक्ष र सचिव मनोनीत गर्नुले पनि एकता अल्मल्याउने र सर्वोच्चको फैसलालाई प्रभावित पार्नका लागि देखाइएको दाउपेच हो भन्ने स्पष्ट रुपमा देखिएको छ । प्रदेश कमिटीले तीन जिल्लामा अध्यक्ष र सचिव बनाएको भनिए पनि ओलीको संकेत विना उनीहरु चयन भएको कुरा कसैले पनि विश्वास गर्न नसक्ने एमाले पंक्ति जानकार छ ।
माधव नेपाल पक्षबाट वार्ता कार्यदलका सदस्य घनश्याम भूसालले एकता वार्ता जहाँको तहीँ भएको धारणा सार्वजनिक गर्नुले पनि एकता वार्ता अलमल्याउनकै लागि गरिएको कुरालाई पुष्टि गरेको छ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend