Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • एमालेको एकता वार्ता : भ्यागुताको धार्नी, ओली अडान नछाड्ने, माधव नगल्ने


    शुक्रबार, असार २५ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको विवाद मिलाउन गठित कार्यदलको बैठक लगातार तेस्रो दिन पनि विना निष्कर्ष टुंगिएकाे छ । 

    यसैबीच, पार्टीभित्रको आन्तरिक विवाद मिलाउने प्रयासमा रहेको एमाले कार्यदलको बैठक आज पनि बस्दै छ । बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने कर्यदल्कसंयोजक सुवास नेम्वाङले जानकारी दिए । नेम्वाङका अनुसार आजको उक्त बैठकले सहमतिसहित निष्कर्ष दिने छ। 

    यसअघि बिहीबारको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमालेका नेता तथा कार्यदलका सदस्य घनश्याम भुसालले १० दिनदेखि कुनै प्रगति हुन नसकेको बताएका छन् । उनले निरन्तर छलफल भएपनि ठोस उपलब्धि हुन नसकेको बताए । 

    ‘१० दिनदेखी हामी जहाँको त्यहीँ छौं ।‌ टुंगोमा पुग्ने कोसिस गरिरहेका छौं, भुसालले भने, ‘भोलि बिहान बस्ने बैठकमा मिलाउने कोसिस गर्छौ।’

    त्यस्तै एमालेको माधव नेपाल पक्षका कार्यदल सदस्य गोकर्ण विष्टले छलफल सहमतिको विन्दुमा पुगेको बताएका थिए । बिहीबारको बैठकमा पार्टी एकताका लागि तयार पारिएको मस्यौदामाथि छलफल हुने बताइएको थियो ।

    ‘कार्यदल एक सदस्यका अनुसार छलफल नै नभएको विषयमा दुवै नेता (अध्यक्ष  केपी शर्मा ओली र माधवकुमार नेपाल) कुरा उठाउँछन् र दुवै मिल्नेभन्दा पनि विवाद लम्ब्याउन लागेका छन् । पछिल्लो समय कार्यदलका सदस्यहरुले पार्टी विवादलाई निष्कर्ष दिने तयारी गरिरहेका बेला अध्यक्ष ओलीले आफ्नो अडान नछाड्ने र नेपाल पनि नगल्ने स्थितिमा हुँदा थप चुनौती खडा भएको देखिन्छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार