Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • देउवालाई ठूलाे झड्का, प्रधानमन्त्री बनाउन नेपाल समूहले सहयोग नगर्ने


    बिहिबार, असार २४ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ नेकपा एमाले विवाद समाधानकाे दिशा तर्फ उन्मुख भइरहँदा विपक्षी गठबन्धनका शेरबहादुर देउवालाई ठूलाे झड्का लागेकाे छ । 

    एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट पदच्यूत गराउन कांग्रेस, माओवादीसहित बनेकाे विपक्षी गठबन्धनकाे नेपाल समुह पार्टी भित्रकाे विवाद समाधान तर्फ उन्मुख भइरहँदा देउवालाई ठूलै घाटा लाग्ने अनुमान गर्न सकिन्छ ।

    एमालेको माधवकुमार नेपाल समूहसमेत आवद्ध गठबन्धनले ओलीलाई प्रधानमन्त्रीमा समर्थन नगरेर देउवालाई गरेको थियो । देउवालाई प्रधानमन्त्री बनाउन एमालेको नेपाल समूहका २३ सांसदले राष्ट्रपतिसमक्ष र सर्वाेच्च अदालतमा हस्ताक्षर बुझाएका छन् । 

    तर,विपक्षी गठबन्धनमा रहेर आफ्नै पार्टी र अध्यक्षविरुद्ध राजनीतिक गतिविधि गरिरहेको एमालेको नेपाल समूह अब कांग्रेस सभापति शेरबहादुर देउवालाई सहयोग नगर्ने अवस्थामा पुगेको छ । 

    एमालेको आन्तरिक विवाद समाधानका क्रममा लचकता अपनाउन नेपाल समूह देउवालाई प्रधानमन्त्री बनाउन असहयोग गर्न लगभग सहमतिमा पुगेसँगै विपक्षी गठबन्धनको उद्देश्य संकटमा परेको छ । । 

    एमालेको विवाद समाधान पहलका लागि गठित संयुक्त कार्यदलको बैठकमा नेताहरू देउवालाई प्रधानमन्त्री बनाउन सहयोग नगर्न सहमत भएका छन् र यसमा नेता माधवकुमार नेपाल पनि लगभग सहमत रहेको नेताहरु बताउँछन् । 

    कुनै परिस्थितिमा देउवालाई प्रधानमन्त्री बनाउन समर्थन गरेको भए पनि अब राजनीतिक कोर्ष परिवर्तन भएकाले आफ्नै पार्टीका नेतालाई समर्थन गर्नुपर्ने निष्कर्ष निकाल्दै अब देउवालाई थप समर्थन र सहयोग नगर्ने पक्षमा नेपाल समूह पुगेको छ ।

    देउवालाई प्रधानमन्त्री बनाउन दिएको हस्ताक्षर कानुनी प्रक्रियामा अघि बढेको र अब अदालतबाट आउने फैसलापछि विकसित राजनीतिक घटनाक्रममा देउवालाई नभएर ओलीलाई समर्थन गर्न नेपाल समूह सहमत देखिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार