Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • क्रियाशील सदस्यता छानबिन समिति सदस्यहरूसँग छलफल गर्दै पौडेल


    बिहिबार, असार २४ २०७८
    910
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका सदस्यहरूसँग छलफल गरेका छन्  ।

    बिहीबार दिउँसो भएको उक्त छलफलमा क्रियाशील सदस्यता वितरणमा भएका अनियमितताबारे कुराकानी भइरहेको महामन्त्री कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए । 

    काठमाडौंको बत्तिसपुतलीमा नेता पौडेलसहित महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य रामशरण महत र अर्जुननरसिंह केसी लगायतले केन्द्रीय क्रियाशील छानबिन समितिका सदस्यहरू प्रदीप पौडेल, कल्याण गुरूङ लगायतसँग छलफल गरेका हुन्।

    कांग्रेसमा ९ लाखभन्दा बढी क्रियाशील सदस्य पुगेका छन् भने पाँच हजार उजुरी परेकोमा अधिकांश उजुरी छानबिन भइसकेका छन्।

    भदौ १६ देखि १९ सम्म केन्द्रीय महाधिवेशन तोकिएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार