Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमालेको एकता सहमतिको विन्दुमा पुगेकाे गोकर्ण विष्टकाे दावी


    बिहिबार, असार २४ २०७८
    980
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा एमालेको माधव पक्षका कार्यदल सदस्य गोकर्ण विष्टले एमालेको एकता सहमतिको विन्दुमा पुगेको दावी गरेका छन् ।

    बिहीबार सिंहदरबारमा बसेको कार्यदलको बैठकपछि प्रतिक्रिया दिँदै विष्टले एमालेको एकता सहमतिको विन्दुमा पुगेको दावी गरेका हुन् ।

    उनले भने- ‘आजको बैठकमा हिजोभन्दा धेरै प्रगति भएको छ, लगभग सहमतिको विन्दुमा पुगेका छाै ।’

    आन्तरिक गृहकार्य गर्नका लागि भन्दै आजको कार्यदलको बैठक भने स्थगित भएको छ । बिहीबार साँझ सात बजे पुनः बस्ने गरी कार्यदल बैठक स्थगित भएको हो ।

    एमाले नेता सुवास नेम्वाङले सहमतिलाई अन्तिम रुप दिनका लागि आन्तरिक गृहकार्य आवश्यक रहेकाले साँझ पुनः बस्ने गरी बैठक सकिएको रातोपाटीलाई जानकारी दिए । बैठकपछि दुबै पक्षका कार्यदल सदस्यहरु आन्तरिक छलफलमा जुटेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार