Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेस महाधिवेशन : सभापति र महामन्त्री पदमा क–कसको दावी ?


    बिहिबार, असार २४ २०७८
    2.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन आउँदो भदौ १६ देखि १९ गतेसम्म हुने तालिका सार्वजनिक भएसँगै नेताहरु आफ्नो उम्मेदवारीको तयारीमा जुटिसकेका छन् । 

    महाधिवेशनमा हालसम्म सभापति र महामन्त्रीका आकांक्षीहरु धेरै देखिएका छन् ।

    सभापतिमा शेरबहादुर देउवा आफैँ दोहोरिन चाहन्छन् भने उनलाई विस्थापित गर्न अन्य नेताहरु पनि कम्मर कसेका छन् ।

    हालसम्म सभापतिमा देउवासहित रामचन्द्र पौडेल, विमलेन्द्र निधि, डा.शशांक कोइराला, शेखर कोइराला, सुजाता कोइराला, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र कल्याण गुरुङसहित नेताहरु आकांक्षीमा देखिएका छन् । 

    सभापतिपछिको शक्तिशाली मानिएको महामन्त्री पदका लागि हालसम्म गगन थापा, विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी, ज्ञानेन्द्रबहादुर कार्की, प्रकाशशरण महत, बालकृष्ण खाँण, एनपी सावद, गुरु घिमिरे, धनराज गुरुङ, बद्री पाण्डे, प्रदीप पौडेलको नाम चर्चामा छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार