Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले कार्यदलको बैठक शुरु


    बिहिबार, असार २४ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा एमाले कार्यदलको बैठक शुरु भएको छ । माधव नेपाल पक्षका कार्यदल संयोजक भीम रावल  माधव नेपाल निवास कोटेश्वरबाट फर्किएसँगै कार्यदलको बैठक शुरु भएको हाे ।

    कार्यदलको बैठकअघि कार्यदल सदस्य विष्णु पौडेल र भीम रावलबीच २ घण्टा छलफल भएको हो । सो भेटबारे जानकारी गराउन रावल माधव नेपाल निवास कोटेश्वर पुगेका थिए । 

    ​बुधबार साँझ अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच सहमति हुन नसकेपनि कार्यदलले छलफललाई निरन्तरता दिने भएको छ । कार्यदलका ओली पक्षीय संयोजक सुवासचन्द्र नेम्वाङले ओली र नेपालबीच पार्टी एकताबारे कुरा नमिलेको भनेर हल्ला फिँजाइएपनि कार्यदलमा आज सहमति हुन सक्ने बताए । 

    म्यारियट होटल वार्तामा ओलीले नेपाललाई निःशर्त सहयोगका लागि आग्रह गरेका थिए । नेता नेपाल भने सांगठनिक रुपमै शक्ति बाँडफाँड गरेर जानुपर्ने पक्षमा उभिएका थिए ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार