Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओलीको हठले मेरियट वार्ता असफल


    बुधबार, असार २३ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेमा एकता प्रयास सार्थक बनाउन अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीचको मेरियट वार्ता असफल भएको छ ।  अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार  साँझ मेरियट होटलमा संवाद भए पनि सहमति हुन नसकेको नेताहरुले बताएका छन् ।

    दुई नेताबीचको वार्तामा पावर सेयरिङ गर्ने बिषयमा ओली तयार नभएपछि सहमति हुन नसकेको वार्तामा सहभागी माधव नेपाल पक्षका एक नेताले बताएका छन् । ओली र नेपाल पक्षका नेता रहेको कार्यदलले विवादित विषयमा सहमतिको खाका बनाएपछि  दुई नेताबीच बुधबार साँझ मेरियट होटलमा भेट भएको थियो । तर पावर सेयरिङका बिषयमा सहमति नभएपछि मेरियट वार्ता निष्कर्षबिहीन भएको छ । मेरियट होटलमा ओली र नेपालबीच वान टु वान वार्ता भएको थियो । 
    मेरियटमा ओली र नेपालबीच दुई घण्टा छलफल भएको थियो । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार