Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रुपा सुनारले दिएको रिटमा सर्वोच्चले माग्यो शिक्षामन्त्री श्रेष्ठसँग लिखित जवाफ


    बुधबार, असार २३ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतले  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठसँग जातीय विभेदको आरोप लागेकी घरबेटीलाई रिहा गराउन सहयोग गरेको विषयमा लिखित जवाफ माग गरेको छ । 

    सञ्चारकर्मी रुपा सुनारलाई जातीय विभेद गरी कोठा भाडामा नदिएको आरोप लागेकी सरस्वती प्रधानलाई रिहा गराउन मन्त्री श्रेष्ठ आफैं प्रहरी कार्यालय पुगेकाे भन्दै रुपाले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । 

    साेहि रिटका अाधारमा न्यायाधीश कुमार रेग्मीको इजलासले मन्त्री श्रेष्ठसँग लिखित जवाफ माग गरेको हाे । 

    मन्त्री श्रेष्ठलाई बर्खास्त गर्न माग गरेको अन्तरिम आदेशका विषयमा भने छलफलका लागि दुबै पक्षलाई असार २८ गते बोलाएको छ । 

    त्यस्तै यो मुद्दालाई शीघ्र टुंगो लगाउनुपर्ने भन्दै अग्राधिकार दिन अदेश दिएको छ । 

    Rupa-sunar.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार