Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माओवादी केन्द्रको दर्ता खारेज गर्न माग गर्दै बादल समूहले दियाे निर्वाचन आयोगमा निवेदन


    बुधबार, असार २३ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । सत्तारुढ नेकपा एमालेमा आवद्ध पूर्वमाओवादी नेताहरुले नेकपा माओवादी केन्द्रको दल दर्ता खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । 

    माओवादी छाडेर एमालेमा गएका रामबहादुर थापा बादलनिकट नेताहरूले माओवादी केन्द्रको दर्ता खारेज गर्न निवेदन दिएका हुन् ।

    संविधान र राजनीतिक दल सम्बन्धी ऐनअनुसार माओवादी केन्द्रको हैसियत गुमिसकेकोले दल दर्ता खारेजी गरिपाऊँ भनेर निवेदन पेश भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

    माओवादीले लामो समयदेखि महाधिवेशन नगरेकोले उक्त पार्टीको दर्ता खारेज गर्न उनीहरूको माग छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार