Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रधानमन्त्री र राष्ट्रपतिबीच दुई घण्टा छलफल, के कुरा भयाे ?


    बुधबार, असार २३ २०७८
    945
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएकाे छ । 

    आज बिहान राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री राष्ट्रपति कार्यालय पुगेको शितल निवास स्रोतले जनाएको छ ।

    शीतल निवास स्रोतका अनुसार उनले बुधबार बिहान १० बजेदेखि करिब २ घण्टा भण्डारीसँग छलफल गरेका छन् । 

    ‘राष्ट्रप्रमुख र सरकार प्रमुखबीचको यो नियमति भेट हो,’ शितल निवास स्रोतले भन्यो, ‘समसामयिक विषयमा उहाँहरुबीच परामर्श भएको हो ।’

    संसद विघटनविरुद्धको मुद्दामा फैसला आउने मिति नजिकिएका बेला ओली र भण्डारीबीच लामो छलफल भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार