Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  छलफल सकारात्मक बनेको छ, भोलिसम्म निष्कर्षमा पुग्छौं: ज्ञवाली


    बुधबार, असार २३ २०७८
    955
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैंं । नेकपा एमालेको विवाद समाधानको प्रयासस्वरुप बसेको कार्यदलको बैठक सकारात्मक बनेको छ ।

    अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षीय कार्यदलको बैठक सकारात्मक भएकाे बताउदै प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीभित्र देखा परेका विवाद भोलिसम्ममा समाधान हुने विश्वास व्यक्त गरेका छन् । 

    सिंहदरबारमा आज बसेको बैठक सकरात्मक भएकाे बताउदै  ज्ञवालीले भोलिसम्म निष्कर्षमा पुग्ने तयारी रहेको जानकारी दिए । ‘छलफल सकारात्मक बनेको छ । भोलि फेरि बैठक बसेर सबै विषय टुंग्याउँछौँ’, उनले भने।  

    केही दिनदेखि विवादित विषय हल गर्न भन्दै एमालेको कार्यदल बैठक बसिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार