काठमाडौं । एमालेको एकताका लागि कार्यदलको बैठक सिंहदरबार चलिरहँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् ।
एमाले एकता हुन नदिएको आरोप खेपिरहेका प्रचण्ड मंगलबार अपरान्ह माधवकुमारलाई भेट्न उनकै निवास कोटेश्वरमा पुगेका हुन् । एमालेको एकताले गति लिँदै कार्यदल ब्यूँताएर छलफल अगाडि बढाइएको भोलिपल्टै प्रचण्ड नेता नेपाललाई भेट्न पुगेका हुन् ।
प्रतिनिधि सभा विघटन र संविधानको धारा ७६ (५)अनुसार सरकार गठन सन्दर्भमा परेका रिटमाथिको बहस सकिएकै दिन सोमबार एमालेका संस्थापन ओली समूह र असन्तुष्ट माधवकुमार नेपाल समूह यसअघि गठित कार्यदल ब्यूँताएर एकता प्रक्रिया अगाडि बढाउन राजी भएका हुन् ।
उक्त रिटको फैसला आउनुअघि नै एमाले एकताका लागि पुन प्रयास थालिएको छ । जस अनुसार मंगलबार अपरान्ह सिंहदरबारमा कार्यदलको बैठक बसेको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend