Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेसमा महाधिवेशनको चटाराे, सिटौलाले बोलाए आफ्नो समूहको बैठक


    मंगलबार, असार २२ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । पार्टीको १४औँ महाधिवेशनको मिति नजिकिँदै जाँदा कांग्रेस नेताहरु शक्ति आर्जनमा जुटिरहेका छन् । विशेषगरी सभापतिका सम्भावित आकांक्षीहरु छलफल र भेटघाटमा व्यस्त रहेका छन् । 

    आउँदो भदौ १६ देखि १९ गतेसम्म कांग्रेसको १४औँ महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ । भदौभित्र महाधिवेशन गरिसक्नुपर्ने संवैधानिक बाध्यतामा रहेको कांग्रेसका नेताहरु आन्तरिक छलफलमा जुटिरहेका छन् । 

    पछिल्लो समय प्रकाशमान सिंह, शशांक कोइराला र विमलेन्द्र निधिबीच लगातार छलफल एको थियो भने सुजाता कोइराला, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाबीच पनि कोइराला निवास मण्डिखाटारमा छलफल भएको थियो । 

    महाधिवेशनमा आ–आफूलाई सघाउन एकअर्कालाई आग्रह गरेका नेताहरु आफ्नो समूहको बैठक पनि गरिरहेका छन् । यसैक्रममा मंगलबार कृष्णप्रसाद सिटौलाले आफ्नो समूहको बैठक राखेका छन् । 

    काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फूडल्यान्डमा उनले केन्द्रीय समिति, जिल्ला कार्यसमितिका तथा भ्रातृ तथा शुभेच्छुक  संस्थाका प्रतिनिधिसहितलाई सहभागी गराएर आफूलाई महाधिवेशनमा सहयोग गर्न आग्रह गर्न लागेका हुन् । 

    १३औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी दिएका सिटौलाले १४औँ महाधिवेशनको तयारीलगायतका विषयमा छलफल गर्न आफ्नो समूहको बैठक बोलाएका हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार