काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा सम्पूर्ण सुनुवाई सकिएको छ । सुनुवाई सकिएसँगै अदाललते यही असार २८ गते निर्णय सुनाउने मिति तय गरेको छ ।।
अहिले मुलुक प्रतिनिधिसभा विघटनविरुद्ध र संविधानको धारा ७६(५)अनुसार सरकार गठनका सन्दर्भमा परेका रिटको फैसलाको पर्खाइमा छ ।
संविधानको धारा ७६(५)अनुसार सरकार गठनका लागि प्रधानमन्त्रीमा १४९ सांसदको समर्थनसहित कांग्रेस सभापति शेरबहादुर देउवाले गरेको दाबीलाई सदर गर्दै उनलाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिको नाममा परमादेश जारी गर्न माग सहित रिट दायर भएको थियो ।
संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा देउवा र केपी शर्मा ओलीले गरेको दाबी अस्वीकार गर्दै मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै चुनावको मिति तोकेकी छन् ।
यदि सर्वाेच्च अदालतले आफूले प्रधानमन्त्रीमा कसलाई नियुक्त गर्ने नगर्ने भन्न नमिल्ने भएकाले बहुमतको परीक्षण संसदले गर्ने भएकाले प्रतिनिधिसभा ब्यूँताउँदै संसदमा जान दलहरुलाई र बहुमत परीक्षण गर्ने संसदलाई निर्देशन दिन सक्ने सम्भावना रहेको देखिन्छ ।
साथै प्रधानमन्त्री ओलीले संविधानको धारा ७६(४)मा नगई उपधारा ५ मा गएकाले अदालतले धारा ४ मा जान दलहरुलाई जान र संसद ब्यूँताउने सम्भावना पनि उत्तिकै रहेको छ । साथै राष्ट्रपति र प्रधानमन्त्रीको कदमलाई पनि सदर गर्दै निर्वाचनमा जान पनि निर्देशन दिन सक्ने अर्काे पनि सम्भावना रहेको छ ।
यदि पहिलो र दोस्रो सम्भावनाअनुसार अदालतको फैसला आएमा एकैपटक दुई प्रधानमन्त्री मुलुकमा रहने वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी बताउँछन् ।
संविधानको धारा ७६(४)अनुुसार प्रधानमन्त्री ओलीले विश्वासको मत नपाएर उपधारा ५ मा जाँदा वा सिधै उपधारा ५ अनुसार बहुमतको परीक्षण गर्न यदि संसदमा गएमा देउवाले बहुमत पाउने देखिन्छ ।
देउवालाई कांग्रेस, माओवादी, एमाले, जसपा र राष्ट्रिय जनमोर्चाको समर्थन रहने हुँदा उनी प्रधानमन्त्रीमा निर्वाचित हुन सक्छन् । अर्थात संसदबाट उनी प्रधानमन्त्री चयन हुन सक्छन् । तर, दलीय अनुशासन र संसदीय प्रणाली विपरीत एमाले र जसपाका सांसदहरुले देउवालाई गरेको समर्थन अवैध रहेको भन्दै खारेजको माग राखेर ओली अदालत जान सक्नेछन् ।
अदालतमा मुद्दा परेपछि देउवाले प्रधानमन्त्रीको सपथ तथा पदभार ग्रहण गर्न पाउँदैनन् । यस अवस्थामा संसदबाट निर्वाचित तर सपथ नलिएका प्रधानमन्त्रीमा देउवा र प्रधानमन्त्रीबाट पदमुक्त भए पनि कार्यकारी अधिकारमा रहेका ओली रहने देखिन्छ ।
अदालतको फैसला नआउँदासम्म देउवा सपथ लिन सक्दैनन् र ओलीले सत्ता छाड्न मिल्दैन । यस अवस्थामा मुलुकमा एकैपटक लामो समय दुई प्रधानमन्त्रीको सम्भावना रहेको वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले बताए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend