Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निर्वाचन आयोगले जसपाका नेतासँग अन्तिम छलफल गर्दै, सहमतिको सम्भावना क्षीण


    मंगलबार, असार २२ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)का दुवै पक्षलाई आज छलफलका लागि बोलाएको छ । 

    आज बिहान ११ बजे जसपाका दुवै पक्षका नेताहरुलाई सहमतिका लागि बोलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

    प्रवक्ता श्रेष्ठका अनुसार अन्तिम सहमतिका लागि बोलाएको छलफलमा दुवै पक्ष सहभागी भए आयोगले सहमतिका लागि पहल गर्ने र सहमति नभए जुन पक्षको दाबी पुग्छ त्यसैअनुसार निर्णय गर्ने प्रक्रिया सुरु हुन्छ । दुवै पक्षका नेताहरु आ–आफ्नो अडानमा कायमै रहेकाले सहमतिको सम्भावना क्षीण देखिएको छ ।

    पछिल्लो समय जसपाको उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्षबीच आधिकारिकताको विवाद छ । दुवै पक्षले एकअर्कालाई कारबाहीको निर्णय गर्दै निर्वाचन आयोगमा अद्यावधिकका लागि निवेदनसमेत दिएका थिए ।

    यद्यपि आयोगले दुवै पक्षको कारबाही अमान्य भन्दै जसपाको पुरानै पदाधिकारी कायम रहने निर्णय गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार