काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राति उपाध्यक्ष डा. भीमबहादुर रावललाई बालुवाटारमा बोलाएर छलफल गरेपछि ब्यूँतिएको एमालेको कार्यदलको आजको बैठक बैठक भोलि बस्नेगरी टुंगिएको छ । सिंहदरजारमा बसेको आजको बैठक सकारात्मक बनेको बताइएको छ ।
सिंहदरबारमा सम्पन्न कार्यदलको बैठक विगतको समीक्षा गर्दै टुंगिएको छ । कार्यदलको बैठक भोलि १ बजे पुनः बस्ने भएको छ ।
कार्यदलमा संस्थापन पक्षका तर्फबाट संयोजक सुवास नेम्वाङ छन् भने सदस्यहरूमा विष्णु पौडेल, शंकर पोखरेल, विष्णु रिमाल र प्रदीप ज्ञवाली छन् । माधव नेपाल पक्षका संयोजक भीम रावल छन् भने सदस्यहरुमा घनश्याम भूसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।
बैठकपछि उपाध्यक्ष भीम रावलले कसरी पार्टीलाई एकताबद्ध बनाउन सकिन्छ भन्नेबारे भोलिदेखि थप घनीभूत छलफल हुने बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नै माधव नेपाल पक्षभित्र हार्डलाइनर मानिने उपाध्यक्ष भीम रावललाई बालुवाटारमा बोलाएर वार्ता गरी कार्यदल ब्यूँताएपछि एमालेमा एकता हुने झिनो आशा जागेको महसुस कार्यकर्ता पंक्तिले गर्न थालेका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend