Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निर्दलीयता आउँछ भन्ने बडो विचित्रको तर्क आयो : वरिष्ठ अधिवक्ता कार्की


    सोमबार, असार २१ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । वरिष्ठ अधिवक्ता बद्री बहादुर कार्कीले प्रधानमन्त्री तर्फका कानुन व्यवसायीले धारा ७६ (५)मा दलीय निर्देशन ह्वीप नलगाउँदा निर्दलीयता आउँछ भनेर ‘विचित्रको तर्क’ गरेको बताएका छन् ।

    सोमबार रिट निवेदकको तर्फबाट जवाफी बहस गर्दै  संवैधानिक इजलासमा कार्कीले भने, ‘निर्दलीयता आउँछ भन्ने बडो विचित्रको कुरा आयो, त्यसो भए ७६ (५) किन राखेको ?’

    संविधान बनाउँदा छलफल गरेर उपधारा (५) राखिएको दाबी गर्दै कार्कीले भने–‘अहिले जानीजानी अनावश्यक तर्क गरिरहेका छन् ।’ धारा ७६ (५) मा पार्टी ह्वीप​ लाग्छ कि लाग्दैन र दलले कारबाही गर्छ वा गर्दैन भन्ने विषय राष्ट्रपतिले चासो लिने विषय नभएको उनले जिकिर गरेका छन् । असम्बन्धित कारण देखाउँदै प्रधानमन्त्री नियुक्त नगरेर राष्ट्रपति संविधान (क्षेत्राधिकार) भन्दा बाहिर गएको जिकिर गर्दै कार्कीले भने–‘तथापि उहाँले हार्नुभयो, अब एक मात्रै अदालतले व्याख्या गर्छ ।’ धारा ७६ (५) मा ह्वीप​ नलाग्दा दल खत्तम नहुने कार्कीले बताए । उनले भने–‘श्रीमानबाट जिज्ञासा आएको थियो निर्दलीयता आउँदैन भनेर, गुञ्जायसै छैन श्रीमान्, शङ्का गरे लङ्का जान्छ दल खत्तम हुँदैन ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार