काठमाडौँ । डेनमार्कले दक्षिण एसियाली मुलुक भुटानलाई अक्सफोर्ड–अस्ट्राजेनेकाले विकास गरेको २ लाख ५० हजार मात्रा खोप सहयोग गर्ने भएको छ ।
गत शुक्रबार डेनिस सहयोग निकाय डानिडाले भुटानी जनतालाई कोभिड–१९ विरुद्धको खोप आवश्यक परेको उल्लेख गर्दै सहयोग गर्ने निर्णय गरेको हो ।
डेनमार्कलाई पर्याप्त भएपछि भण्डारण गरेर राखिएको खोपमध्येबाट भुटानलाई दिन लागिएको हो । डेनमार्कसँग नेपालले पनि खोप सहयोग मागेको थियो । तर, उसले सोझै दिन चाहेन ।
यस्तै, अमेरिकाले शुक्रबार नै कोभ्याक्समार्फत दक्षिण एसियाकै अर्को मुलुक पाकिस्तानलाई २५ लाख मात्रा मोर्डना खोप उपलब्ध गराएको छ । उक्त खोप इस्लामावादमा पुगिसकेको पाकिस्तानको विदेश मन्त्रालयले जनाएको छ ।
यसैगरी अमेरिकाले बंगलादेशलाई पनि २५ लाख मात्रा मोर्डना खोप दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जेठ १० मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अमेरिकाबाट जोन्सन एन्ड जोन्सनको खोप ५० लाख मात्रा खरिद गर्न पत्राचार गरेको जनाएको थियो । यसका लागि नेपाली दूतावासमार्फत अमेरिकी अधिकारीहरूसँग पहल भए पनि सफल हुन सकेको छैन । अर्कोतर्फ राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ १३ गते अमेरिकी राष्ट्रपति जो बाइडेनलाई खोप सहयोगका लागि पत्र पठाएकी थिइन् । तर राष्ट्रपति भण्डारीको उक्त पत्रको कुनै अत्तोपत्तो छैन।
यता डेनमार्कले भुटानलाई र अमेरिकाले पाकिस्तान र बंगलादेशलाई खोप दिनुले भने नेपालको कूटनीतिक क्षमता नपुगेको हो कि वा नेपाललाई पश्चिमी मुलुकहरूले नपत्याएका हुन् भन्ने प्रश्न उठेको छ ।
पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली सत्ता र आधिकारिकता दाबीमा लिप्तहुँदा खोपका लागि उचित पहल नभएको बुझ्न सकिन्छ । प्रधानमन्त्री ओली कोरोना खोपका लागि भन्दा पनि पार्टी भित्रको आन्तरिक झमेलामा फसेका कारण खोपको पहल गर्न असमर्थ रहेका छन्।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend