Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ‘प्रधानमन्त्रीले मार्गप्रशस्त भनेर सरकार बन्ने मार्ग अवरुद्ध गरे’


    आइतबार, असार २० २०७८
    845
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरुमा संवैधानिक इजलासमा बहस जारी छ ।

    गत आइतबार रिट निवेदक पक्षको बहस सकिपछि सोमबारदेखि विपक्षीको तर्फबाट सरकारी वकिल र कानुन व्यवसायीहरुकाे बहस सुरु गरेका थिए सरकारी तर्फबाट शुक्रबार बहस सकिएसँगै आज सभामुख अग्नि सापकोटा पक्षका वकिलहरुले बहस शुरु गरेका छन् ।

    यसैक्रममा आइतबार सभामुख सापकोटाको पक्षबाट बहस गर्दै वरिष्ठ अधिवक्ता उपेन्द्रकेशरी न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट सरकार गठन हुने बाटो अवरुद्ध पारेको बताएका छन् ।

    ओलीले मार्गप्रशस्त भनेर मार्ग अवरुद्ध गरेकाे बताउँदै न्यौपानेले धारा ७६ (५) को प्रधानमन्त्रीमा देउवाको बाटो अवरुद्ध गर्न मात्र ओलीले पनि दाबी गरेकाे बताएका छन् ।

    प्रधानन्यायाधीश जबराले गत पुस ५ गतेको संसद विघटनसम्बन्धी मुद्दाको फैसला गर्दा सरकार गठनको सम्भावना हुँदासम्म प्रतिनिधि सभा विघटन नहुने व्याख्या भएको भन्दै अहिले सरकार गठन हुनसक्ने सम्भावना छ कि छैन भनी प्रश्न गरे । उनले नेकपा एमालेका सांसदले साथ नदिई सरकार बन्न सक्ने अवस्था छ कि छैन भनी प्रश्न गरे ।

    जवाफमा न्यौपानेले धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा शेरबहादुर देउवले गरेको दाबी वैधानिक भएको बताए । ‘विगतमा जति पनि फैसला भएका छन् वैकल्पिक सरकार गठन भएसम्म विघटन हुँदैन भन्ने त्यसमा ठ्याक्कै मिल्छ यो ?’ उनले भने । 

    प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाई गर्ने बेन्चमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई  छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार