Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यविरुद्ध प्रदर्शन


    आइतबार, असार २० २०७८
    2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौँको रत्नपार्क स्थित आकाशेपुलको भित्तामा रहेको चित्र मेटाएको भन्दै युवाहरुले आइतबार प्लेकार्डसहित मेयर विद्यासुन्दर शाक्यविरुद्ध प्रदर्शन गरेका छन् ।

    कोरोना भाइरसको महामारीविरुद्ध अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, शव व्यवस्थापनमा खटिनेहरु, पाइलट तथा सफाईकर्मीसहितको सम्मानका लागि दुजाङ्ग शेर्पाको अगुवाईमा आकाशेपुलको भित्तामा चित्र बनाइएको थियो ।

    तर महानगरले हालै सो चित्र मेटाएपछि चौतर्फी विरोध भइरहेको वेला युवाहरुले आइतबार शाक्यविरुद्ध प्रदर्शन गरेका हुन् ।

    लिखित स्वीकृत लिएर सम्मानका लागि बनाइएको चित्र मेटाउनु अग्रपंक्तिमा रहेर काम गरेकाहरुप्रतिको अपमान रहेको भन्दै विरोध भइरहेको हो ।

    Protest.jpgProtest_Kathmandu-.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार