काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र र संघीयताबारे प्रमुख राजनीतिक दलहरूभित्र बहस हुनु सकारात्मक रहेको बताएका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले राजनीतिक दलहरूभित्र हिन्दुराष्ट्र र संघीयताबारे बहस हुनु राम्रो कुरा भएको बताएका हुन् ।
शनिवार बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा संघीयता र धर्मनिरपेक्षताको बारेमा बहस हुनुपर्नेसहितको प्रस्ताव पेस गरेका थिए ।
उनले पश्चीमा देशहरू ईसाई धार्मिक मान्यतामा समाज र राष्ट्र चलेको भन्दा गौरव लागेको पनि बताएका हुन् ।
उनले लेखेका छन् – ‘हिन्दुराष्ट्र र संघीयताबारे प्रमुख राजनीतिक दलहरूभित्र बहस हुनु सकारात्मक छ। पश्चीमा देशहरू ईसाई धार्मिक मान्यतामा समाज र राष्ट्र चलेको छ भन्दा गौरव गर्छन्। हामी भने हाम्रो परिवार,समाज र राष्ट्र सनातन वैदिक मान्यताको धरातलमा उभिएको सत्य स्विकार्न हिनताबोध गर्छौं।यो हिनताबाट मुक्त हौँ।’
हिन्दुराष्ट्र र संघियताबारे प्रमुख राजनीतिक दलहरू भित्र बहस हुनु सकारात्मक छ।
पश्चीमा देशहरू ईसाई धार्मिक मान्यतामा समाज/राष्ट्र चलेको छ भन्दा गौरव गर्छन्।हामी भने हाम्रो परिवार,समाज/राष्ट्र सनातन वैदिक मान्यताको धरातलमा उभिएको सत्य स्विकार्न हिनताबोध गर्छौं।यो हिनताबाट मुक्त हौँ— Kamal Thapa (@KTnepal) July 4, 2021
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend