Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • एमाले वार्ताटोलीका ६ नेता माधव नेपाल निवास कोटेश्वरमा


    आइतबार, असार २० २०७८
    2.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा एमाले वार्ता टोलीका ६ जना नेताहरू माधव कुमार नेपालको निवासमा पुगेका छन् ।

    बरिष्ठ नेता नेपालसँग छलफल गर्नका लागि केपी ओली पक्षका शंकर पोखरेल, सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल कोटेश्वरस्थित नेपालको निवास पुगेका हुन् । साथमा माधव नेपाल पक्षका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र भीम आचार्य पनि छन् ।

    शनिबार दुई पक्षका ६  नेताहरुबीच ललितपुरको समिट होटलमा वार्ता भएको थियो । सो बार्तामा सर्वोच्च अदालतमा बुझाइएको हस्ताक्षरलाई सहमतिको पूर्व शर्त बनाउने सहमति भएको थियो ।

    तर, बालुवाटारमा अपरान्ह बसेको ओली पक्षको केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री ओलीले हस्ताक्षर फिर्ता नभएसम्म कुनै कुरा नगर्ने भन्दै माधव पक्षलाई कारवाही गरिने बताएका थिए । वार्ताको भ्रममा नपर्न समेत ओलीले भनेका थिए ।

    यही पृष्ठभूमिमा आइतबार बिहानै ओली पक्षका तीन नेताहरु माधव नेपालको निवासमा छलफलका लागि पुगेका हुन् ।

      

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार