काठमाडौं । एमालेले काग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन सोमबारसम्मको अल्टिमेटम दिएपनि कुनै पनि हालतमा हस्ताक्षर फिर्ता नलिने निर्णय वरिष्ठ नेता माधव नेपाल पक्षले गरेको छ ।
एमाले केन्द्रीय कमिटी बैठकले असन्तुष्ट माधव नेपाल पक्षलाई एमाले रोज्ने कि विपक्षी गठबन्धन रोज्ने भन्दै सोमबारसम्मको अल्टिमेटम दिएको थियाे ।
एमाले केन्द्रीय कमिटी बैठकले आफ्नै सरकारविरुद्ध विपक्षीसँग गठबन्धन गर्ने नेपाल समूहको कार्य अनैतिक भएको ठहर गर्दै आइतबार साँझसम्म उनीहरूले हस्ताक्षर फिर्ता नलिए उनीहरू स्वतहः एमालेबाट बाहिरिएको पुष्टि हुने निष्कर्ष निकालेको छ ।
तर माधव नेपाल समूहले भने कुनै पनि हालतमा हस्ताक्षर फिर्ता नदिने निर्णय गरेको छ ।
नेपाल समूहले उठाएका सबै माग पूरा गरेपनि नेपालले एमाले विभाजन गर्ने कसम खाएको निष्कर्ष निकाल्दै संस्थापन पक्षले माधव नेपाल बाहेकका अन्य नेतालाई भने पार्टीमा आउने सहज वातावरण बनाउनुपर्ने निष्कर्ष निकालेको छ ।
संस्थापन पक्षले वरिष्ठ नेता नेपालले नयाँ पार्टी गठन गर्ने, सो पार्टीलाई माओवादी केन्द्रसँग एकीकरण गर्ने र आगामी चुनावमा नेपाली कांग्रेसँग तालमेल गरेर चुनावमा जाने रणनीति लिएको निष्कर्ष निकालेको छ ।
‘उहाँहरुको योजना प्रचण्डजीसँग पार्टी एकता गर्ने अनि शेरबहादुरजीले उहाँलाई १५ सिटसम्म तालमेल गरेर जिताइदिन्छु भन्ने आश्वासन दिनु भएको रहेछ,’ ओली निकट एक नेताले भने, ‘अब हुने चुनावपछिको संसद त्रिशंकु हुन्छ, त्यस्तो बेलामा १५ सिट जित्ने शक्ति निर्णायक हुने र केन्द्रीय राजनीतिमा सक्रिय हुन पाइने उहाँको योजना हो ।’
जति प्रयास गरेपनि माधव नेपाल एमाले फकिँदैनन् भन्ने निष्कर्षलाई शनिबार ओली र नेपालबीच भएको टेलिफोन संवादले पनि पुष्टि गरेको संस्थापन पक्षको बुझाइ छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend