Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेले साउन २५ मा विधान सम्मेलन गर्ने 


    शनिबार, असार १९ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । माधव नेपाल पक्षले केन्द्रीय कमिटी बैठक स्थगित गर्न बारम्बार गरेको आग्रहको सुनुवाई नगरी नेकपा एमालेको केन्द्रीय कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका केन्द्रीय सदस्यहरुमात्र सहभागी बैठकले साउन २५ मा पार्टीको बिधान सम्मेलन गर्ने निर्णय गरेको छ ।

    मंसिरमा गर्ने भनिएको महाधिवेशन आमनिर्वाचनसँग जुधेमा २०७९ बैशाखमा गर्ने निर्णय पनि गरेको छ । एमालेको महाधिवेशन यसअघि आगामी मंसिर २ देखि ५ सम्म तय भएको थियो ।

    असार मसान्तभित्र सदस्यता नवीकरण गर्ने र केन्दीय विभागहरुलाई पूर्णता दिने निर्णय पनि बैठकले गरेको छ । भदौ ५ गते वडा र १५ गते पालिकाको अधिवेशन गर्ने कार्यतालिका बनेको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार