Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ब्राजिलमा कोभिड १९ बाट एकै दिन दुई हजारभन्दा बढीको मृत्यु


    शुक्रबार, असार १८ २०७८
    845
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • रियो डे जेनेरियो। ब्राजिलमा कोभिड–१९ को सङ्क्रमणबाट एकै दिनमा दुई हजारभन्दा बढीको ज्यान गएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।बिहीबार अघिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट दुई हजार २९ जनाको निधन भएको सो समाचारमा जनाइएको हो ।

    ब्राजिलमा कोरोना भाइरसको सङ्क्रमण शुरु भएयता हालसम्म यस प्रकोपबाट ज्यान जाने व्यक्तिको संख्या पाँच लाख नाघेको छ ।यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार ब्राजिलमा अहिलेसम्म अर्थात् मंगलबार सम्ममा ५ लाख २० हजार ९५ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको बताइएको छ । त्यसैगरी बिहीबार मात्र २४ घन्टामा यहाँ ६५ हजार जना भन्दा बढी सङ्क्रमित भेटिएका पनि बताइएको छ ।

    अघिल्लो दिनको भन्दा बढी संक्रमित बिहीबार भेटिएका हुन् ।यहाँ अहिलेसम्ममा १ करोड ८६ लाख ५४ हजारभन्दा बढी नागरिक संक्रमित भएका पनि बताइएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीमा यहाँ पछिल्लो समयमा सङ्क्रमित हुनेको संख्या बढेको पाइएको छ ।

    त्यसैगरी मृत्यु हुनेहरुको संख्या पनि केही हप्ता अघि घटेको देखिएकोमा अहिले बढेको छ । ब्राजिलको साओ पाओलो शहर शुरुदेखि नै यो सङ्क्रमणको केन्द्रविन्दुको रुपमा रहेको पनि पाइएको छ । ब्राजिल कोरोना भाइरस संङ्क्रमणको कारण संयुक्त राज्य अमेरिकापछि सबैभन्दा बढी नागरिकको ज्यान जाने देशको रुपमा परेको छ ।  एजेन्सी 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार