Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • नेपाल समूहलाई धक्का, एमालेको बैठकमा वामदेव गौतम सहभागी


    शुक्रबार, असार १८ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । पार्टीभित्रको मतभेदमा फरक फरक कित्तामा देखिँदै आएका नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम केन्द्रीय कमिटी बैठकमा सहभागी हुन बालुवाटार पुगेका छन् । 

    लामो समयदेखि एमाले संस्थापन ओली समूह र माधवकुमार नेपाल समूहमा विभाजित रहँदै आएको छ । आफू गुटको बैठकमा सहभागी नहुने बताउँदै आएका उपाध्यक्ष गौतम संस्थापन पक्षले यसअघि बोलाएको बैठकमा समेत सहभागी भएका थिएनन् । 

    तर, नेपाल समूहले पार्टी विभाजन गरेमा साथ र सहयोग रहने अभिव्यक्ति दिएका उपाध्यक्ष गौतम शुक्रबार केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन बालुवाटार पुगेका हुन् । 

    १०औं महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेर बोलाइएको बैठकमा सहभागी भएका हुन् । यसअघि कहिले ओली समूह त कहिले नेपाल समूहमा देखिएका गौतम यसपटक फेरि अध्यक्ष केपी शर्मा ओलीले डाकेको बैठकमा सहभागी भएका हुन् । 

    प्रतिनिधि सभा विघटन गरेपछि ओलीसँग असन्तुुष्ट गौतम अन्ततः नेपाल समूहले बहिस्कार गरेको बैठकमा सहभागी भएका हुन् ।बैठकमा सहभागी हुन एमालेले गौतम, माधवकुमार नेपाल, झलनाथ खनालसहित नेताहरुलाई पत्र पठाएको थियो । 

    गत बुधबार नेपाल समूहको माग र अदालतको आदेशअनुसार १०औँ महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेर पार्टीलाई २०७५ जेठ २ को अवस्था पुर्‍याइएको एमालेले बताएको छ । तर, सो निर्णयलाई एकतर्फी भन्दै नेपाल समूहले शुक्रबारको बैठक बहिस्कार गरेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार