Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेमा ओली र नेपालबीचको संवादहीनता तोडियो, आज भेटवार्ता हुने


    शुक्रबार, असार १८ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच लामो समयदेखिको संवादहीनता तोडिएको छ ।

     ओली र नेपालबीच बिहीबार राति टेलिफोन संवाद भएको छ । नेपाल निकट सोमप्रसाद पाण्डेले दुई नेताबीच बिहीबार टेलिफोन संवाद भएको खुलासा गरेका छन् ।

    ओली र नेपालबीच टेलिफोन वार्ता भएको पाण्डेले सार्वजनिक रुपमा बताएका छन् । दुई नेताबीच शुक्रबार भेट हुने सम्भावना रहेको उनको भनाइ छ । भेटको समय र स्थान भने तय नभएको पाण्डेले बताए । शुक्रबार पुनः वार्ता हुने र भेटको स्थान र समय तय हुने बताइएको छ ।

    माधव नेपाल पक्षको शुक्रबार बसेको स्थायी समिति बैठकले शुक्रबारको केन्द्रीय समिति बैठक स्थगित गर्न आग्रह गरेको छ । नेपाल पक्षको आग्रह बमोजिम अध्यक्ष ओली समूहले शुक्रबार बिहान बैठक स्थगित गर्ने संभावना छ । ओली र नेपालबीच गएको बैशाख ८ मा म्यारियट वार्तापछि संवाद हुन सकेको छैन ।  

    नेता नेपालले सर्वोच्च अदालतले २०७७ फागुन २३ मा नेकपाको एकता खारेज गरेसँगै एमाले २०७५ जेठ २ को अवस्थामा पुग्नुपर्ने तर्क राख्दैआएका छन् । तर अध्यक्ष ओलीले नेकपाको एकता खारेजीपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गुटको भेला बोलाई त्यसैलाई केन्द्रीय कमिटीको बैठक भन्दै सुटुक्क जेठ २८ मा नेकपा माओवादीबाट आएका २३ जनालाई केन्द्रीय सदस्य मनोनीत गरे । त्यसपछि दसौं महाधिवेशन आयोजक समिति बनाए ।

    जिल्ला तहदेखि स्थानीय तहसम्म माधव नेपाल पक्षलाई हटाउँदै आफूखुसी टीका लगाए । सर्वोच्च अदालतले २०७५ जेठ २ मै फर्किनका लागि दिएको आदेशले एमाले एकताको ढोका खोले पनि ओली भ्याकेटमा गएपछि एकताको बातावरण धमिलिंदै गएको छ । बुधबार ओलीले अदालतले अवैधानिक भनिसकेको महाधिवेशन आयोजक कमिटीको बैठक राखेर स्थायी समितिमा ८ जना मनोनीत गर्नेदेखि विभिन्न निर्णय एकतर्फी गरेपछि माधव नेपाल पक्ष झस्किएको हो । र, केन्द्रीय कमिटीमा नजाने निर्णयमा पुगेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार