काठमाडौं । मौसममा परिवर्तन बच्चाहरूमा चिसो र रोगको सबैभन्दा ठूलो कारण हो । मौसम परिवर्तनसँगै बच्चाहरुमा विभिन्न किसिमका रोगहरु देखापर्ने गरेका छन् । जसका कारण शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुने हुँदा बच्चाहरुलाई रोगले चाँडो आक्रमण गर्ने गर्दछ । मौसमी फ्लूबाट बालबालिकालाई जोगाउन हरेक दिन एक चम्चा डाबरको च्यवनप्राश दिनु फाइदाजनक हुन्छ । डाबर च्यवनप्राश रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्न लाभदायक मानिन्छ । डाबर च्यवनप्राश सेवनले प्राकृतिक प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउँछ ।
मह र च्यवनप्राश जस्ता खानाहरू प्राकृतिक प्रतिरक्षा बूस्टर हुन्, जसले प्रतिरक्षा प्रणाली बलियो बनाई बालबालिकाहरुलाई रोगहरू विरुद्ध लड्न प्राकृतिक सुरक्षा प्रदान गर्दछन् ।
डाबर च्यवनप्राश कसरी बनाइएको हुन्छ ?
केसर
केसर आइरिस परिवारसँग सम्बन्धित छ । धेरै रोगहरुको उपचारमा यो प्रभावकारी मानिन्छ । केसरको रेसादार भाग विभिन्न औषधिहरु बनाउन प्रयोग हुन्छ । केसरले स्वस्थ, ऊर्जावान र सक्रिय राख्न मद्दत गर्दछ ।
इलायची
इलायची डाबर च्यवनप्राशको एक घटक हो । जसमा चमत्कारी स्वास्थ्य लाभहरू छन् जसले प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउँछ । इलायची एउटा बीज फल हो, यसमा एन्टी आक्सीडन्ट, पोटोसियम, क्याल्सियम र म्याग्निसियम जस्ता तत्वहरु पाइन्छ ।
मह
मह डाबर च्यवनप्राशको एक घटक हो । यसले शारीरिक, मानसिक रुपमा स्वस्थ राख्न मद्दत गर्छ । यो तौल नियन्त्रणमा प्रभावकारी मानिन्छ ।
बिल्वा
बिल्वा डाबर च्यवनप्राशको आयुर्वेदिक अवयव हो । यसको जरा, फल, पात, बोक्रा औषधिको रुपमा प्रयोग हुन्छ । यसले प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउँछ ।
अमला
अमला डाबर च्यवनप्राशको मुख्य तत्वहरु मध्ये एक हो । अमलामा एन्टी अक्सिडेन्ट पाइन्छ । जसले प्रतिरोध क्षमता बढाउन मद्दत गर्दछ । अमला परम्परागत आयुर्वेदिक औषधि जडिबुटी हो जुन रसयान, दिपान र रुच्यको रूपमा काम गर्दछ ।
पिप्ली
पिप्ली परम्परागत जडिबुटी हो । जुन खोकी, चिसो, श्वासप्रश्वासको रोग र पेटको रोगहरूको उपचारमा प्रभावकारी मानिन्छ ।
घ्यू
घ्यू फ्याट घुलनशील भिटामिन ए, डी, ई र केले भरिपूर्ण हुन्छ । जसले हड्डी बलियो बनाउन मद्दत गर्छ भने हाम्रो तौल नियन्त्रणमा पनि लाभदायक मानिन्छ । शरीरमा भएका विषाक्त तत्व बाहिर फ्याँक्न मद्दत गर्छ भने आँखा तेज राख्दछ । खोकीमा यो उपयोगी मानिन्छ । यसले शरीर सफा गर्ने काम पनि गर्दछ । शरीरबाट अशुद्धताहरू हटाउँछ ।
कसरी काम गर्छ ?
मानव शरीरले ब्याक्टेरिया, भाइरस वा अन्य कोषहरूद्वारा लिइएको एन्टिजेन्सको प्रतिक्रियामा एन्टिबडी भनिने प्रोटिन बनाउँछ । जसले फ्लु र चिसोबाट हुने साधारण बिरामीबाट जोगाउँछ । यसले जटिल प्रकृतिका नसर्ने रोगहरु जस्तै क्यान्सर, मुटु रोगबाट समेत बचाउँछ ।
मानिसको शरीरमा रहेको रोगविरूद्ध लड्ने संयन्त्र नै प्रतिरक्षा प्रणाली हो । जसमा सेल्स र अर्गान दुवैले एकसाथ रोगविरूद्ध लड्ने काम गर्दछन् । यसले ब्याक्टेरिया र भाइरसबाट हुने संक्रमणबाट शरीरलाई जोगाउँछ । प्रतिरक्षा प्रणालीमा खोज्ने र नष्ट गर्ने शक्ति हुन्छ । यसले शरीरलाई अनावश्यक तत्वहरु खोजी त्यसबाट मुक्ति दिन्छ ।

कोभिड–१९ पछि बढ्दैछ च्यवनप्राशको महत्व
च्यवनप्राशले शरीरमा रोगसँग लडने प्राकृतिक रोग प्रतिरोधात्मक क्षमता बढाउने कुरा २५ सय वर्षअघि आयुर्वेद ग्रन्थमा उल्लेख भए पनि अहिले यसको महत्व झन् बढेर गएको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण बढेसँगै पछिल्लो समय च्यवनप्राशको महत्व बढेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत बिभिन्न निकायद्धारा प्रकाशित कोभिड–१९ को लागि आयुर्वेद र वैकल्पिक औषधि दिशानिर्देशन रोकथाम उपाय र व्यवस्थापन प्रोटोकोलमा पनि च्ववनप्राशको बारेमा उल्लेख गरिएको छ ।
प्रतिरोधक (रोगसँग लड्ने) क्षमतालाई बढाउने भएकोले कोरोना भाइरसको संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकाहरुलाई डाबर च्यवनप्राश पनि बितरण गरिदैं आएको छ ।