Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कमला नदीको टापुमा फसेका तीनको  उद्धार


    बिहिबार, असार १७ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धनुषा । कमला नदीको टापुमा बाढीको कारण फसेका तीन जनालाई सुरक्षाकर्मीले उद्धार गरेको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका–८ पोर्ताहा बस्ने ४६ वर्षीय गणपति यादव, ४० वर्षीया सीतादेवी यादव र २७ वर्षीय सञ्जय अधिकारीलाई  नदीबाट सुरक्षाकर्मीले सकुशल उद्धार गरेका हुन् ।

    उद्धार गरिएका तीनै जना नदीको बीच भागको बीच टापुमा फसेका थिए। उनीहरुलाई मध्याह्न १२ बजे श्रीनाथ गण महेन्द्रनगर, दंगा नियन्त्रण  प्रहरी गण ढल्केवर, इलाका प्रहरी कार्यालय ढल्केवर र सशस्त्र प्रहरी बेस क्याम्प रघुनाथपुरबाट खटिएको सुरक्षाकर्मीको संयुक्त टोलीले उद्धार गरेको इप्रका ढल्केवर प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए ।

     नदीमा फसेका तीनै जना बुधबार साँझ ८ बजे  किनारमा लगाइएको परवल खेत रुग्न गएका थिए । बुधबार राति नदीमा आएको बाढीले खेतको दुवैपट्टिको जमीन कटान गरेर खोला बग्न थालेपछि  तीनै जना नदीमा फसेका थिए । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार